०४ असार २०८३, बिहीबार

वडाध्यक्ष पुन ८० हजार धरौटीमा रिहा

माघ २२, २०७७
वडाध्यक्ष पुन ८० हजार धरौटीमा रिहा

जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई ८० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विक्रम संवत् २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुन सहितका युवाले कुटपिट गरेर ज्यान मार्ने उद्देश्य राखेको जनाउँदै स्थानीय लालबहादुर विक र श्यामबहादुर विकले पुन विरुद्ध जाहेरी दिएका थिए ।

जाहेरीमा उनीहरूले पुनसहित कोपिल बुढाथोकी, दिलीप बुढाथोकी, गनबहादुर फगामी, हर्कबहादुर बुढाथोकी र उमेश बुढाथोकी विरुद्ध मुद्दा दिएका थिए ।

उनीहरूमध्ये २१ दिनदेखि न्यायिक हिरासतमा रहेका वडाध्यक्ष पुन सहित कोपिल बुढाथोकीलाई अदालतले जनही ८० हजारको दरले धरौटीमा रिहा बुधवार रिहा हो ।

बुधवार भएको थुनछेकको बहसमा जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले धरौटीमा रिहाइ गर्ने आदेश दिएको हो । घटनामा पुनलाई मरणासन्न हुने गरी कुटपिट भएको थियो । टाउकोमा गम्भीर चोट लागेका पुनलाई पोखरा लगेर उपचार समेत गराइएको थियो ।

राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित पुनलाई पदबाट हटाउन पार्टीबाटै असहयोग भएको समेत उनले टिप्पणी गरे । पुनलाई वडाध्यक्षबाट हटाउनका लागि निर्वाचन आयोगमा पनि मुद्दा दिइएको थियो । मुद्दामा पुनको वडाध्यक्षको पद तत्काल नहटाउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

राजमोले भने पुनले पार्टी छाडेकाले वडाध्यक्षबाट मुक्त गर्न माग गरेर आयोगमा उजुरी गरेको थियो । पुनलाई वडाध्यक्षबाट हटाउन गरेको आदेश विपरीत सर्वोच्चले तत्काल आदेश कार्यान्वयन नगर्न भनेको थियो । धरौटीमा रिहा भएपछि वडाध्यक्ष पुनले आफू निर्दोष भएको पहिलो प्रमाण जुटेको बताए ।

पुनका पक्षमा अधिवक्ता राम शर्मा, राजु गौतम र राधाकृष्ण ज्ञवालीले बहस गरेका थिए । पुनको विपक्षमा सरकारी वकिलसहित अधिवक्ता काजी गाउँले श्रेष्ठ र केशव पराजुलीले बहस गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्