२३ असार २०८३, मंगलबार

ओली निरंकुश शासक हुन्, यिनी सुध्रिने लक्षणका मानिस होइनन्– माधव नेपाल

ओली निरंकुश शासक हुन्, यिनी सुध्रिने लक्षणका मानिस होइनन्– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा अधिनायकवादी चरित्र देखा परेको आरोप लगाएका छन् ।

संवैधानिक नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्ताल सफल पार्न सडकमा निस्किएका नेपालले प्रधानमन्त्री ओली सच्चिने लक्षण नदेखिएको जिकिर गरे ।

'अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओलीजीले संविधान मिच्दैमिच्चै अगाडि बढिरहनुभएको छ । उहाँको एकपछि अर्को अधिनायकवादी चरित्र देखिइरहेको छ । केपी ओली निरंकुश शासक हुन् । उनमा अलिकति पनि लोकतान्त्रिक चरित्र छैन । यिनी सुध्रिने लक्षणका मानिस पनि हैनन्,' नेपालले भने ।

नेता नेपालले संविधान, संघीयता र गणतन्त्रप्रति ओलीमा कुनै अपनत्व नरहेको आरोप समेत लगाए ।

उनले संवैधानिक नियुक्तिको प्रक्रिया नै गलत भएको बताए ।

'संवैधानिक नियुक्तिको प्रक्रिया नै गलत छ । सभामुखले अस्वीकार गर्नुभयो । फिर्ता पठाइदिनुभयो । नियुक्तिको वैधानिकता पुगेकै छैन,' नेता नेपालले भने, '७७ जिल्लामा भूमि आयोग बनाएर एकातिर चुनाव घोषणा गरेको भन्छ, अर्कातिर धमाधम नियुक्ति गर्छ ।'

जनतालाई कष्ट भए पनि विरोध गर्नु बाध्यता भएको उनको जिकिर थियो ।

salt training

कमेन्ट गर्नुहोस्