०२ असार २०८३, मंगलबार

महिलाप्रति आपत्तिजनक टिप्पणी गर्ने ओलम्पिक आयोजक कमिटीका अध्यक्षले मागे माफी

माघ २२, २०७७
महिलाप्रति आपत्तिजनक टिप्पणी गर्ने ओलम्पिक आयोजक कमिटीका अध्यक्षले मागे माफी

टोक्यो ओलम्पिक आयोजक कमिटीका अध्यक्ष योशिरो मोरीले महिलाप्रति आपत्तिजनक टिप्पणी गरेकोमा बिहीवार माफी मागेका छन् । 

बुधवार ओलम्पिक कमिटीको बैठकमा कमिटी बोर्डमा लैंगिक विविधता बढाउने विषयमा प्रश्न गर्दा उनले महिलाहरू ‘धेर प्यारप्यार गर्ने’ र ‘एकअर्कालाई देखिनसहने’ भनी टिप्पणी गरेका थिए । 

‘त्यो अनुपयुक्त टिप्पणी थियो । म माफी माग्छु,’ मोरीले बताए । तर आफूले पदबाट राजीनामा नदिने किनकि खेलकुद आयोजन सफल पार्ने जिम्मेवारी आफ्नो भएको उनले बताए । 
 

मोरीको विवादास्पद टिप्पणीलाई जापानी ओलम्पिक कमिटीका निर्देशकले तथा सामाजिक सञ्जालले आलोचना गरेका थिए । ओलम्पिक आयोजनलाई जनताले प्रतिकार गरेको अवस्थामा यस टिप्पणीले थप आघात गरेको छ । 

ओलम्पिक पार्षदहरूसँगको अन्लाइन बैठकमा मोरीले बैठकहरूमा महिलाले धेरै बोल्ने गरेको र महिलालाई बोल्नका लागि सीमित समय उपलब्ध गराउनुपर्ने बताएका थिए । बोर्डमा महिलाको संख्या बढाउने कुरा चल्दा उनले यस्तो टिप्पणी गरेका हुन् । 

ओलम्पिक कमिटीले निर्देशक बोर्डमा महिलाको संख्या ४० प्रतिशत पुर्‍याउन खोजेको छ । अहिले २० प्रतिशत मात्र महिला सदस्य छन् । 

‘शिक्षा मन्त्रालयले महिला निर्देशक छान्न एकदमै जोड गरिरहेको छ । तर धेरै महिला भएको बोर्डको बैठक लामो समयसम्म तन्किन्छ,’ मोरीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्