२२ जेठ २०८३, शुक्रबार

जिल्लामै उत्पादन शुरू गरिएपछि सेनिटरी प्याड प्रयोग गर्ने बढ्दै

माघ २२, २०७७
जिल्लामै उत्पादन शुरू गरिएपछि सेनिटरी प्याड प्रयोग गर्ने बढ्दै
प्रतिकात्मक तस्वीर

महिनावारी भएका बेलामा प्रयोग गरिने सेनिटरी प्याड बनाउन शुरूआत गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार प्रबन्ध केन्द्रको आर्थिक सहयोगमा र शैलेश्वरी महिला समूहको सहजीकरणमा सेनिटरी प्याड बनाउने मशिन जडान गरिएको हो । 

मशिन जडान भएपछि डोटीमा पहिलोपटक सेनिटरी प्याड उत्पादन गर्न थालिएको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीमा सेनिटरी प्याड उद्योग स्थापना गरेर प्याड उत्पादन गर्न थालिएको छ । 

सेनिटरी प्याड नभएका कारण प्रायः गरी छात्रा महिनावारी हुँदा विद्यालय जान बन्द भएपछि उनीहरूको सहजताका लागि उक्त उद्योग सञ्चालनमा ल्याइएको शैलेश्वरी महिला समूहका पदाधिकारी तथा उद्योग सञ्चालक शारदा भट्टले जानकारी दिइन् ।

उनले भनिन्, ‘प्याड नभएका कारण महिनावारी भएका अधिकांश छात्रा विद्यालय जान सकेका थिएनन, उनीहरूका समस्या समाधान गर्न तथा नियमित विद्यालय जान सकून् भन्ने उद्देश्यले हामीले उद्योग सञ्चालनमा ल्याएका छौं, महिनावारी भएका छात्रालाई विशेष सहज हुनेछ ।’

कम्तीमा पनि ११ लाख ५० हजार रुपैयाँको लागतमा उद्योग सञ्चालन गरिएको उनी बताइन् । उद्योगमा अहिले ३ कर्मचारीले पहिलोपटक ११ कामदारलाई प्याड बनाउने तालिम दिन शुरू गरिएको छ । जिल्लामै सेनिटरी प्याड उत्पादन गर्न शुरू गरिएपछि प्याडको प्रयोग गर्नेको संख्या बढ्दै गएको विभिन्न संघसंस्थाको तथ्यांकमा उल्लेख गरिएको छ । 

जिल्लामा छाउपडीको अवस्था र महिलाको आर्थिक आत्मनिर्भरलाई मध्यनजर गरी ती समस्या समाधान होस् भन्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेनिटरी प्याड बनाउने उद्योगले राम्रो काम गरेको स्थानीय तथा नेकपाका नेता नारद मलासीले बताए । उनले भने, ‘महिनावारी र छाउपडीका कारण जिल्लाकै बदनाम थियो, महिनावारी भएका छात्रा स्कूल नै जाँदैन थिए, प्याड सहजरूपमा पाइने भएपछि छात्रा स्कूल पनि जानेछन्, जिल्लाको बदनाम पनि हट्ने छ ।’

salt training

कमेन्ट गर्नुहोस्