१७ असार २०८३, बुधबार

देशभरमा १ सय ८८ जना आन्दोलनकारी नियन्त्रणमा, ३ प्रहरी घाइते

देशभरमा १ सय ८८ जना आन्दोलनकारी नियन्त्रणमा, ३ प्रहरी घाइते

नेकपाको प्रचण्ड–नेपाल पक्षले आज (बिहीवार) गरेको आमहड्तालमा देशभरमा १ सय ८८ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

आमहड्तालको समयमा सार्वजनिक सवारी साधनहरु तोडफोड गर्ने र प्रहरीलाई आक्रमण गर्ने आन्दोलनकारीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवँरले बताए ।

‘देशभरमा सार्वजनिक सवारी साधनहरुमा क्षति पुर्‍याउनेलाई नियन्त्रणमा लिएका थियौं,’ एसएसपी कुवँले लोकान्तरसँग भने, ‘देशभरमा ३२ वटा सवारी साधनमा सामान्य क्षति भएको छ ।’

२८ सार्वजनिक सवारी साधन, ३ वटा सरकारी गाडी र एउटा ट्याक्सीमा क्षति भएको प्रहरीले जनाएको छ ।

जनकपुर र डडेलधुरा आन्दोलनकारीले हानेको ढुङ्गा/इटाको प्रहारबाट ३ प्रहरी घाइते भएका छन् भने एक प्रहरीलाई केहि ठूलो चोट लागेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्