२५ असार २०८३, बिहीबार

राजनीति रेफ्री बिनाको खेल जस्तो भयो, राजसंस्था चाहिन्छ : कमल थापा

राजनीति रेफ्री बिनाको खेल जस्तो भयो, राजसंस्था चाहिन्छ : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले  राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ  टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्  "राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको बाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।

अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ । जसको शक्ति उसको भक्ति कायम छ । एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेको छ । बढदै जाँदा राजनीतिक दल र  नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ। त्यो रिक्त अवस्थामा गैरराजनीतिक शक्ति र विदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ ।

परिस्थिति विगार्न देशी बिदेशी शक्तिहरू क्रियाशील छन् । एकले अर्कोलाई गलत प्रमाणित गर्ने होडमा कोही पनि अन्धो र मति भ्रम नबनौं । केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौँ।
यो धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गरौँ।"

salt training

कमेन्ट गर्नुहोस्