
प्रधानमन्त्री केपी ओलीको प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले आफ्नो फेसबुकमा राख्नै नराखेको विषयलाई ‘फेक म्यासेज’ बनाएर भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् । उनको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको भन्दै भ्रम फैलाइएको थियो ।
उनले सामाजिक सञ्जालमा सो भ्रम फैलाइएको प्रति आक्रोश पोख्दै उनले भनेका छन्, ‘‘ मेरो फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो अपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु । भोलि हुने गरी तयारी भइरहेको निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने सबैमा स्पष्ट गर्दछु । साथै, यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्न म सम्बद्ध सबैमा अनुरोध पनि गर्दछु ।’
उनले भोलिको कार्यक्रम विरूद्धको षडयन्त्र अन्तर्गत नै प्रचण्ड नेपाल समूहले आज आमहडताल गरेको आरोप लगाउँदै त्यसको सर्वत्र आलोचना, निन्दा र भर्त्सना भएको पनि बताएका छन् ।