२६ जेठ २०८३, मंगलबार

ओलीको सभामा मुख्य वक्ता ४ जना– श्रेष्ठले अध्यक्षता गर्ने, रावलले स्वागत

ओलीको सभामा मुख्य वक्ता ४ जना– श्रेष्ठले अध्यक्षता गर्ने, रावलले स्वागत

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा पक्षले शुक्रवारका गर्न लागेको जनसभामा चार जना मुख्य वक्ताले सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीका अतिरिक्त उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले सम्बोधन गर्ने भएका हुन् । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सभाको अध्यक्षता कृष्णगोपाल श्रेष्ठले गर्नेछन् भने स्वागत मन्तव्य राष्ट्रिय सभाकी सदस्य पार्वती रावलले दिने भएकी छन् ।

गत शनिवार चितवनमा भएको सभाको सञ्चालन रावलले गरेकी थिइन् । उनी राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत हुन् ।

नारायणहिटी दरबारको अगाडि हुने सभा सञ्चालन भने नेकपा बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले गर्ने भएका छन् । 

सभा मध्याह्न १२ बजे शुरू हुँदैछ । त्यसअघि राजधानीका विभिन्न स्थानबाट र्‍याली निस्कने तयारी भएको पोखरेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्