१० असार २०८३, बुधबार

जर्मनी : लकडाउनका कारण कपाल काट्न नपाएर बिजोक भएको मर्कलको गुनासो

माघ २३, २०७७
जर्मनी : लकडाउनका कारण कपाल काट्न नपाएर बिजोक भएको मर्कलको गुनासो

जर्मनीका अधिकारीहरूले गत नाभेम्बर महिनादेखि देशमा पुनः लकडाउन लगाएका छन् र त्यसलाई फेब्रुअरी १४ सम्म तन्काएका छन् । 

नागरिकहरूलाई अत्यावश्यक नपरेमा घरबाट नौ माइलभन्दा टाढा नजान भनिएको छ । 

यसैबीच जर्मनीकी चान्सलर अंगेला मर्कलले लकडाउनका बेलामा हजामको सुविधा नपाएको अनि असिस्टेन्टलाई कपाल मिलाउन लगाउनुपरेको बताएकी छन् । 

‘सबैले स्वास्थ्यको पालना गर्नुपर्ने हुन्छ,’ मर्कलले बताइन् । ‘कपाल फुल्दै जानु जीवनको वास्तविकता हो । त्यसैले म हजामको पसल फेरि खुल्ने प्रतीक्षा गरिरहेकी छु ।’
 

मर्कल सरकारले लकडाउनका विषयमा कठोर नियम लागू गरेकाले अत्यावश्यक बाहेकका अन्य कारोबारहरू बन्द गरिएका छन् । मानिसहरूलाई भेला हुन दिइएको छैन अनि आफैंले बनाएको मास्क पनि लगाउन दिइएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्