२२ जेठ २०८३, शुक्रबार

गणतन्त्रको रक्षाका लागि नारायणहिटी अगाडि सभा गरेका हौं– बादल

गणतन्त्रको रक्षाका लागि नारायणहिटी अगाडि सभा गरेका हौं– बादल
फाइल फोटो

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले गणतन्त्रको रक्षाका लागि नारायणहिटी दरबारअगाडि सभा गर्नु परेको बताएका छन् । उनले देश अब चुनावमा होमिएको समेत बताए ।

काठमाडौंको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री थापाले गणतन्त्रको विरोध नभई गणतन्त्रको रक्षाका लागि नारायणहिटीअगाडि सभा गरिएको बताएका हुन् । 

मन्त्री थापाले पार्टीभित्रका अवसरवादीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्त गर्न खोजेपछि संसद विघटन गरेर निर्वाचनमा जानु परेको दाबी समेत गरे ।

गृहमन्त्री थापाले मांसहारी आन्दोलन गर्छौं भन्नेलाई जावलाखेलको चिडियाखानामा लगेर बन्द गर्ने समेत बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्