२६ जेठ २०८३, मंगलबार

नारायणहिटीको सभाबाट ओलीको दाबी : ‘अरुलाई ठूलो हुने ठाउँ हामीलाई सानो भयो’

नारायणहिटीको सभाबाट ओलीको दाबी : ‘अरुलाई ठूलो हुने ठाउँ हामीलाई सानो भयो’

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा अन्यत्र ठूलो ठाउँ नभेटिएका कारण नारायणहिटी अगाडि सभा गर्नुपरेको बताएका छन् । 

‘काठमाडौंमा अन्यत्र आमसभा गर्ने ठाउँ भएन, अरुको लागि जुन ठाउँ ठूलो हुन्छ, हामीलाई जहाँ छाने पनि सानो हुन्छ,’ नारायणहिटी अगाडि शुक्रवार आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘आमसभा गर्न सबभन्दा ठूलो ठाउँ छान्यौं ।’ 

प्रधानमन्त्री ओलीले आजको उपस्थितिले मूल पार्टी कुन भन्ने कुराको फैसला भएको दाबी गरे । ‘फेरि मान्छेहरू सोधिराखेका छन्, मूल पार्टी कुन हो भनेर । अब पनि मूल पार्टी कुन हो अलमलमा छन् भने कठैबरा भन्न सकिन्छ । मूल पार्टी कुन हो थाहा पाउनुभएन ? यही हो मूल पार्टी जहाँ हामी छौं,’ ओलीले भने, ‘आजबाट कुन पार्टी मूल पार्टी, कुन खास, कुन सक्कली र नक्कली भन्ने फैसला भयो ।’

salt training

कमेन्ट गर्नुहोस्