३१ जेठ २०८३, आइतबार

ओली पक्षको जनसभामा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

ओली पक्षको जनसभामा पत्रकारमाथि दुर्व्यवहार, महासंघद्वारा भर्त्सना

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको राजधानीमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार हुनुका साथै समाचार संकलनमा अवरोध पुर्याइएको छ । जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनककी पत्रकार विनु सुवेदी र नयाँ पत्रिका दैनिकका पत्रकार दिपेश शाहीलगायतमाथि नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्न समाचार संकलनमा अवरोध पुर्याइएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंको दरबार मार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै पनि नेकपा कार्यकर्ताबाट समाचार संकलनमा अवरोध गर्दै दुर्व्यवहार गरिएको महासंघले जनाएको छ ।

‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा अवरोध खडा गर्दै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले एक विज्ञप्तिमार्फत भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रता विरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ ।’

महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै स्वतन्त्र र निर्वाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्