
शिखण्डी महाभारतको एक मात्रै होइनन् । उनको अलग्गै अस्तित्व र महत्व छ । जसलाई एक वर्गको अगुवाका रुपमा पनि देखिन्छ । आउनुहास् आज जानौं उनका विषयमा १० रोचक विषय
१. शिखण्डीको जन्म पाञ्चालका राजा द्रुपदको दरबारमा एक छोरीका रुपमा भएको थियो । तर, उनको जन्म हुनासाथै एक आकाशवाणी भएको थियो । जसमा उसलाई एक छोराको जस्तै लालनपालन गर्न र योद्धा बनाउन भनिएको थियो ।
२. विवाहको रात शिखण्डीकी पत्नीलाई थाहा भयो । उनका पति एक पुरुष होइनन् । शिखण्डीका ससूराले यस कुराप्रति असन्तुष्टि जनाउँदै पाञ्चालमा आक्रमणसमेत गरेका थिए ।
३. त्यसबेला शिखण्डी त्रासका कारण जंगलमा भागेकि थिइन् । जहाँ उनले एक स्थुणा नामका यक्षबाट एक रातका लागि पुरुषत्व मागेका थिए ।
४. शिखण्डी जब स्थुणासँग पुरुषत्व फिर्ता गर्न गइनु । यक्षका राजा कुवेरले उनको इमान्दारिताबाट खुसी हुँदै जीवनभरका लागि स्थुणाको पुरुषत्व प्रदान गरे ।
५. शिखण्डीको अघिल्लो जन्ममा अम्बा नामकी राजकुमारी थिइन् ।
६. भिष्मले अम्बालाई स्वयंवरका दिन उनको अपहरण गरे । जसका कारण उनको विवाह हुन सकेन । यसैकारण शिखण्डी भिष्मलाई मार्न चाहान्थिइन् ।
७. अम्बाले भिष्मलाई भगवान परशुरामसँग युद्ध गराएर मार्न चाहिन् । तर, उनी सफल हुन सकिनन् ।
८. अम्बाले भगवान शिवको तपस्या गरिन् । भगवान शिवले उनलाई अघिल्लो जन्ममा भिष्मको मृत्युको कारण बन्न सक्ने बताए । यो सुनेपछि अम्बाले आगोमा हाम फालेर आत्मदाह गरिन् ।
९. कार्तिकेयले अम्बालाई एक माला दिएका थिए । जो पहिरिएपछि भिष्मलाई मार्न सकिन्थ्यो । अम्बाले त्यो माला पाञ्चालका राजा द्रुपदको महलमा फालेकी थिइन् । दोस्रो जन्ममा द्रपदका सन्तान शिखण्डीले यही माला परिरिहीन् र भिष्मको मृत्युको कारण शिखण्डी नै भएको तय भएको थियो ।
१०. विजयको रात पाण्डवको शिविरमा छिरेर अस्वस्थामाले शिखण्डीलाई त्यससमय मारे । जब उनी त्यहाँ सुतेकी थिइन् ।