०५ साउन २०८३, मंगलबार

यी पाकिस्तानी युवती जसले हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन्

जेठ २१, २०७८
यी पाकिस्तानी युवती जसले हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन्

सन् २०१५ मा पाकिस्तानको शहर कराचीमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफका अगाडि गायत्री मन्त्र गाएर चर्चामा आएकी पाकिस्तानी गायिका नरोधा मालनी आफ्नो हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन् ।

पाकिस्तानकी पहिली हिन्दू गायिका भएको दाबी गर्ने वाली नरोधका अनुसार यो एक संयोग मात्र थियो कि उक्त कार्यक्रममा प्रधानमन्त्री नवाज शरीफ उपस्थित थिए ।

पाकिस्तानी आर्ट काउन्सिलकी सदस्य नरोधा भन्छिन्,‘हरेर वर्ष हामी पाकिस्तानमा धूमधामसँग होली मनाउछौं, यस पटक पनि कराचीमा होलीको आयोजना गरिएको थियो त्यहाँ प्रधानमन्त्री उपस्थित थिए । मैले जब गायत्री मन्त्र गाउन सुरु गरे त उनले तालि बजाएर मलाई हौसला प्रदान गरे, उनी निकै खुसी देखिन्थे । ’

नरोधले भारतको छत्तीसगढको रायपुरमा सिंधी समाजको तीर्थस्थल शदाणी दरबारमा भाग लिन भारतमा आएकी पनि थिइन् ।

हिन्दू तथा सूफी धार्मित गीत गायनमा चर्चित नरोधाले नौ वर्षको उमेरमा गीत गाउन शुरु गरेकी थिइन् । परिवारमा गायनको भने कुनै परम्परा थिएन ।

नरोधाले हिन्दू गीत गाएको भन्दै पाकिस्तानमा भने आलोचन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्