०२ असार २०८३, मंगलबार

ओली र प्रचण्ड–नेपाल समूहमा सडकमा मान्छे धेरै देखाउने होडबाजी

ओली र प्रचण्ड–नेपाल समूहमा सडकमा मान्छे धेरै देखाउने होडबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले माघ २८ गते दुई लाख मानिसबीच विशाल सभा गर्ने भएको छ। ‘हामीले राजधानी आसपासबाट मात्रै डेढ लाखभन्दा बढी मानिस उपस्थित हुने आँकलन गरेका छौं,’ संघर्ष समितिका एक सदस्यले भने। उनका अनुसार सबै जिल्ला कमिटी र जनवर्गीय संगठनहरूले व्यापक तयारी गरेका कारण मानिसहरूको उपस्थिति सहज हुनेछ।

नेकपाका दुई समूहबीच प्रदर्शन र सभाको होडबाजी चलिरहेका बेला दाहाल–नेपाल समूहले माघ २८ गते दुई लाख मानिस ल्याएर आम सभा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत कार्य गरेको भन्दै खबरदारी गर्ने भएको हो। देशव्यापी रूपमा विरोधसभा आयोजना गर्दै आएको सो समूहले तेस्रो चरणको संघर्षको कार्यक्रमअन्तर्गत राजधानीमा विशाल आमसभा गर्न लागेको हो। संघर्ष समितिका सचिव सूर्य सुवेदीका अनुसार विरोध प्रदर्शन र सभाका लागि सुन्धाराबाट मध्याह्न १२ बजे मूल जुलुस निस्कनेछ। त्यसअघि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट सहायक जुलुसहरू निकालिनेछन्।नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्