११ असार २०८३, बिहीबार

अरविन्द केजरिवालकी छोरीले पुरानो सोफा बेच्न खोज्दा उल्टै ५४ हजार चट् !

माघ २७, २०७७
अरविन्द केजरिवालकी छोरीले पुरानो सोफा बेच्न खोज्दा उल्टै ५४ हजार चट् !

भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालकी छोरी अनलाइन ठगीको शिकार भएकी छन् ।

पुरानो सोफा अनलाइन बेच्न खोज्दा उनको बैंक खाताबाट उल्टै ३४ हजार भारु अर्थात् ५४ हजार नेपाली रुपैयाँ चट् भएको छ ।

अनलाइनमार्फत ग्राहक बनेर सम्पर्कमा आएका एक व्यक्तिले शुरूमा मुख्यमन्त्री केजरिवालकी छोरीको खाता केही पैसा पठाए र त्यसपछि एकपल्ट कोड स्क्यान गर्न लगाए । ग्राहकले भने अनुसार कोड स्क्यान गर्दा केजरिवालको खाताबाट पहिलोचोटी २० हजार रुपैयाँ र दोस्रोचोटी १४ हजार भारु डेबिट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अनलाइन ठगीको शिकार भएकी केजरिवालले यसबारे प्रहरीमा जानकारी गराएकी छन् । प्रहरी अभियुक्तको खोजीमा लागेको छ । 

salt training

कमेन्ट गर्नुहोस्