०३ असार २०८३, बुधबार

ओली पक्षीय युवा संघको अध्यक्षमा बचन सिंह चयन

माघ २७, २०७७
ओली पक्षीय युवा संघको अध्यक्षमा बचन सिंह चयन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको भातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा बचनवहादुर सिंह चयन भएका छन् ।

माघ २५ र २६ गते काठमाडौंमा भएको संघको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ । संघको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहेका छन् ।

सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी,  सङ्गीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना रहेका छन् ।

कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी रहनुभएको छ । सहअध्यक्ष पौडेलले ३ महिनापछि संघको पुनर्गठन गरिने बताए ।

आगामी जेठ महिनामा अहिलेका अध्यक्ष सिंह ४० वर्ष उमेर पुगेपछि सहअध्यक्ष पौडेल अध्यक्ष बनाउने सहमति भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्