भारतको उत्तराखण्डमा रहेको चमोलीमा हिमस्खलनपछि आएको विपतपछि राहत तथा उद्धारको काम तीव्र गतिमा भइरहेको छ ।
सबभन्दा बढी समस्या तपोवनको सुरुङमा देखिएको छ । त्यहाँ लगभग ३५ जना फसेको आशंका छ ।
सुरुङ हिलोले पुरिएको छ । भित्र जान निकै मुश्किल छ ।
तर उद्धार टोली अझै पनि मिसनमा जुटिरहेको छ ।
प्राकृतिक विपतपछि २९ शव बरामद गरिसकिएको छ भने हराइरहेका १७१ जनाको खोजी जारी छ ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंहले सुरुङ खोज्न सफलता नपाइएको बताएका छन् । अर्को बाटोबाट पस्ने कोशिश भइरहेको उनको भनाइ छ ।
आईटीबीपी, एनडीआरएफ र एसडीआरएफको संयुक्त टोलीले सुरुङभित्र पस्न खोजिरहेको छ ।
सुरुङमा प्वाल पार्न कोशिश भइरहेको छ । गढवाल पर्वतारोहीहरूको विशेष टोलीले ड्रिल गरिरहेको छ । यसका लागि लगभग चार घन्टा लाग्ने बताइएको छ ।