१५ असार २०८३, सोमबार

वैशाखको चुनावका लागि आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्छ : प्रवक्ता गुरुङ

वैशाखको चुनावका लागि आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्छ : प्रवक्ता गुरुङ

वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि कुनै कानूनी अवरोध नभएकोले निर्वाचन आयोगले छिट्टै कार्यतालिका प्रकाशित गर्ने सरकारले बताएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले आयोगले तोकिएको समयमै चुनाव सम्पन्न गर्नेगरी कार्यतालिका प्रकाशित गर्ने तयारी सरकारलाई गराएको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यू आफै निर्वाचन आयोग पुगेर चुनावको निम्ति सरकारको तर्फबाट सबै तयारी पूरा भएको, आयोगलाई कानूनी रुपमा कार्यतालिका प्रकाशित गर्न अवरोध नभएको र अदालतले चुनाव रोक्न अन्तरिम आदेश नदिएको अवस्थामा चुनावको व्यवस्थापनका लागि सरकारले स्रोत उपलब्ध गराउने जानकारी गराउनुभयो,’ प्रवक्ता गुरुङले भने, ‘आयोगले पनि छिटो भन्दा छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्नेछौं, निर्वाचन कार्यतालिका प्रकाशित गर्न कुनै कानूनले अवरोध गरेको छैन, सबै कानून ट्रयाकमा छन् । कुनै हालतमा निर्वाचन रोकिने छैन भनेर आयोगले विश्वस्त बनाएको छ ।’

सुरक्षा परिषद्बाट पारित प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले दुइचरणमा निर्वाचनका लागि जिल्ला तोकेको उनले बताए । सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका ४० तथा तथा दोस्रो चरणमा प्रदेश १, वागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा वैशाख २८ गते गर्ने निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

‘चुनाव हुन्छ कि हुन्न भन्ने भ्रम अन्त्य गर्नको लागि स्वयम् प्रधामनन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा जानु भएको हो,’ प्रवक्ता गुरुङको दाबी थियो ।

salt training

कमेन्ट गर्नुहोस्