उत्तराखण्डको रैणी गाउँमा एक सहकर्मीको पिताको देहान्त भएपछि समवेदना प्रकट गर्न गएका पाँचजना शिक्षकहरू केही क्षणको अन्तरले दुर्घटनाबाट जोगिएका छन् ।
उनीहरू बिहान १० बजेपछि गाउँबाट निस्केर पुल तर्न लाग्दा अचानक बाढी आएको थियो र पानीले पुलै बगाइदियो ।
त्यस घटनाको बयान गर्दै चन्दन सिंह पनवरले बताए, ‘हामी पुल तरेर पारि पुगेका मात्र थियौं, अचानक बाढी आयो । अलिकता ढिलो गरेको भए हामी बाढीसँगै बगेर जाने रहेछौं ।’
पुल तरेको केही मिनेटपछि आफूहरूलाई विपतको जानकारी दिने फोन आएको उनको भनाइ छ ।