×

X
Nic Asia
Dabur
Khukuri

बानेश्वरमा ‘माटो फ्रेस स्टोर’, कृषिमा उद्यमशीलता विकास गर्दै गोल्यान ग्रुप [भिडियो रिपोर्ट]

काठमाडाैं | माघ २७, २०७७

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

गोल्यान ग्रुपले राजधानी काठमाडौंको नयाँ बानेश्वरमा ‘माटो फ्रेस स्टोर’ सञ्चालनमा ल्याएको छ ।

LAxmi BAnk
nabil BANK inside

‘आत्मनिर्भरताको उपाय खोजौं, नेपाली माटोको उत्पादन रोजौं,’ भन्ने मूल नाराका स्थापित यो ब्राण्डले बानेश्वरमा स्टोर सञ्चालनमा ल्याएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

साना किसानद्वारा नेपालमै उत्पादित अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित ब्राण्ड सार्वजनिक गरिएको उद्यमी पवन गोल्यानले बताएका छन् । यो ब्राण्ड पूर्ण अग्र्यानिक भएको उनको दाबी छ ।

माटो फ्रेस स्टोरमा अग्र्यानिक फलफूल, तरकारी, चामल, पीठो, गेडागुडी, पानी, स्यानिटाइजर, जुस आदि बिक्री वितरणका लागि राखिएको छ ।


Advertisment
Saurya island

बजारका अन्य पसलहरूमा जस्तो यस पसलमा बिचौलियाले प्रवेश पाउने छैनन्  । अर्थात्, किसानले उत्पादन गरेका सामान सिधै पसलमा आउने छन् ।

बिचौलियाले प्रवेश नपाउने भएकाले अग्र्यानिक खाद्य वस्तु सस्तो र सुलभ मूल्यमा नै पाइने स्टोरका सञ्चालक आशिष यादवले बताए ।

Vianet communication
IME BANK INNEWS

स्टोरको ५०० मिटर आसपाससम्म होम डेलिभरीको पनि सुविधा रहेको उनले जानकारी दिए ।

स्टोर सञ्चालनमा आएसँगै नेपाली कृषक र ग्राहकहरू बीचको खाडल पुर्न मद्दत मिल्ने गोल्यान ग्रुपले विश्वास लिएको छ ।

ग्रुपका अध्यक्ष पवन गोल्यानले साना किसानको अग्र्यानिक उत्पादनलाई उपभोक्ताको भान्सासम्म पुर्‍याउन भूमिका खेल्ने बताए । साथै कृषकहरूलाई प्रोत्साहन पनि गरिने उनको भनाइ छ ।

कृषि क्षेत्रमा केही गरेर देखाउने सोचका साथ अन्य उद्योग व्यवसायबाट समय निकालेर देशका कृषकहरूलाई आत्मनिर्भर बनाउँदै स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन अभियानमा लागेको उनी बताउँछन् ।

कृषिमा उद्यमशीलताको विकास गराउन सके मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्नेमा गोल्यान आशावादी छन् ।

अग्र्यानिक उत्पादनका नाममा महंगो दाममा बजारमा विभन्नि उत्पादनहरू बिक्री वितरण हुने गरेका छन् ।

‘माटो फ्रेस स्टोर’ मा भने गुणस्तरीय अग्र्यानिक उत्पादन उचित मूल्यमा पाइने ब्राण्डको दाबी छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट - 

 

 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १२, २०७९

थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ ।    महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गर...

कात्तिक ७, २०७९

महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...

असोज ६, २०७९

भक्तपुर नगरपालिका वडा नम्बर– ५ को त्रिपुरासुन्दरी टोलमा बुधबार विहान वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे आफै‌ं स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका थिए । त्यसदिन मात्रै उनले स्थानीयको स्वास्थ्य जाँच गरेका हो...

असोज ३०, २०७९

साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राज...

मंसिर ३, २०७९

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...

असोज १८, २०७९

दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् ।  रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x