२५ जेठ २०८३, सोमबार

अदालतको जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्छ : अध्यक्ष तिमिल्सिना

अदालतको जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको सम्वन्धमा सर्वोच्च अदालतको निर्णय नै अन्तिम हुने बताएका छन् । पर्वतको महाशीला गाउँपालिकामा आज आयोजित पोखरा–पामे–रिडी राष्ट्रिय राजमार्गअन्तर्गत मिलनचोक–भोक्सिङ–पैंयुँभञ्ज्याङ–सुभद्रखर्क खण्डको शिलान्यास तथा महेन्द्र ज्योति माविमा नवनिर्मित चार कोठे भवनको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संसद् विघटनबारे सर्वोच्च अदालतमा बहस भइरहेको र जे फैसला गर्छ सोहीअनुसार अघि बढ्नुपर्ने बताए ।

सर्वोच्च अदालतको अन्तिम फैसला सबैले मान्नुपर्ने उनको भनाइ छ ।
उनले संविधानले सबै अधिकार नागरिकलाई दिएको बताउँदै संविधानको रक्षा र संविधानले दिएका अधिकारको उपभोगका लागि पनि चुनाव हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्