२२ जेठ २०८३, शुक्रबार

भारतमा खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

भारतमा खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ ।
 
स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताए ।

उनले भने, “आरएएसबाट प्राप्त तथ्याङ्कमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव सकारात्मक रहेको पाइएको छ ।” कोविन प्रतिक्रिया प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो ।

salt training

कमेन्ट गर्नुहोस्