०७ असार २०८३, आइतबार

रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

माघ २७, २०७७
रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको यहाँको समाचार संस्था (तास) ले जनाएको छ ।

कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई जलाइसकेको विभागले उल्लेख गरेको छ । 

घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका र उनीहरूको पहिचान भइरहेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण केही व्यक्ति घाइते भएको बताइएको छ । 

आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्