२२ जेठ २०८३, शुक्रबार

चमोली विपत्तिमा अझै जीवितै उद्धारको आश, रातदिन ६०० बढी सुरक्षाकर्मी तैनाथ

माघ २८, २०७७
चमोली विपत्तिमा अझै जीवितै उद्धारको आश, रातदिन ६०० बढी सुरक्षाकर्मी तैनाथ

भारतको उत्तराखण्डस्थित चमोलीमा आइतवार हिमनदी फुट्दा आएको विपत्तिमा धेरै व्यक्ति बेपत्ता भएका छन् ।

हालसम्म ३२ जनाको शव फेला परेको छ भने १९७ जना बेपत्ता भएका हुनसक्ने तथ्यांक निकालिएको छ ।

घटना भएको चौथो दिन समेत उद्धारको काम जारी रहेको छ । रातदिन नभनेर भारतीय सुरक्षा निकायका ६०० भन्दा बढी सुरक्षाकर्मी लगातार खोज तथा उद्धारमा खटिएका छन् ।

सुरक्षाकर्मीले खोज तथा उद्धार सँगसँगै प्रभावित क्षेत्रका गाउँगाउँमा पुगेर स्थानीयलाई खाना औषधि र अत्यावश्यक सामग्री उपलब्ध गराइरहेका छन् । हराइरहेका व्यक्तिहरूको अझै जीवितै उद्धार गर्न सकिने आश समेत गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीको मेहनत र लगनप्रति उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले धन्यवाद दिएका छन् ।

एनटीपीसीको तपोवन–विष्णुगढ परियोजनाको २.५ किलोमिटर लामो सुरुङमा २५–३५ जना रहेका छन्, ती व्यक्तिलाई बाहिर निकाल्न उद्धारको काम जारी रहेको जनाइएको छ । सुरुङमा जलस्तर लगातार बढ्दै गइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्