०९ असार २०८३, मंगलबार

तरकारी बजारलाई प्रत्यक्ष रूपमा किसानसँग जोड्ने गरी नीति ल्याइने

माघ २८, २०७७
तरकारी बजारलाई प्रत्यक्ष रूपमा किसानसँग जोड्ने गरी नीति ल्याइने

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले देशकै ठूलो तरकारी बजारलाई प्रत्यक्ष रूपमा किसानसँग जोड्ने गरी नीति ल्याउने सरकारको तयारी रहेको बताएकी छिन् ।
 कालीमाटी फलफूल तथा तरकारी बजारको मङ्गलबार अनुगमन गर्दै मन्त्री अर्यालले मन्त्रालयले किसानको पहुँच सीधै बजारमा जोड्न सक्ने नीति ल्याउने तयारी गरेको बताएकी हुन् । 

मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने बताइन् ।

कालीमाटी बजारको अनुगमनका क्रममा कालीमाटी बजार विकास समिति, व्यवसायी, किसान र भरिया मजदुरसमेतको अवस्था बुझ्दै उनले कालीमाटीका सम्पूर्ण समस्या लिखित रूपमा समितिमार्फत ल्याउन निर्देशन दिइन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्