
सुन आपूर्तिमा लगाइराखिएको कोटा बढाउन व्यवसायीले संस्थागत लबिङ थालेका छन् । हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै उनीहरूले आयात बढाउन माग गरेका हुन् । हाल वाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।
यस परिमाणले बजारको मागअनुसार पूर्ति नभएको भन्दै यसलाई बढाउनका लागि व्यवसायीले सुनचाँदी तथा गरगहना क्षेत्रका विभिन्न संघमार्फत लबिङ गरेका हुन् ।
अत्यधिक सुन आयातका कारण देशको व्यापारघाटा उच्च भएपछि सरकारले २०६७ सालदेखि सुन आयातमा नियन्त्रण गर्न थालेको हो । कारोबार दैनिकमा खबर छ ।