०१ असार २०८३, सोमबार

नेपाली सेनाले सुदृढीकरण र दीगोपना कार्यक्रम गर्दै

माघ २८, २०७७
नेपाली सेनाले सुदृढीकरण र दीगोपना कार्यक्रम गर्दै

नेपाली सेनाले संगठनात्मक परिवर्तन, सुदृढीकरण र दीगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ ।

सेनाको संगठनात्मक संस्कृति, सञ्चालन प्रक्रिया र हाल थालनी गरिएका सुधारका कदमलाई संस्थागत गर्दै उस्तै प्रकृतिका कार्यक्रमलाई दिगो तुल्याउन व्यवस्थापन र सुदृढीकरणका सैद्धान्तिक र व्यावहारिक आधार तयार पार्ने उद्देश्य कार्यक्रमको रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको तेस्रो वर्षलाई सुदृढीकरण र दीगोपनको वर्ष घोषणा गरे अनुरूप त्यसमा आधारित सेनाले फागुन २ देखि ५ गते कार्यक्रम गर्न लागेको हो ।

सेनाका विशिष्ट श्रेणी, रक्षा मन्त्रालय र अरु सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहने कार्यक्रममा गैरसैनिक विषयविज्ञबीच समेत प्रस्तुतीकरण र छलफल गरी निष्कर्ष निकालिने बताइएको छ । 

संगठनमा विद्यमान पद्दति र प्रणालीलाई सुदृढ गर्दै लैजान र भविष्यमा परिवर्तन व्यवस्थापनको कार्यलाई सम्पादन गर्ने दायित्व भएका भावी पुस्ताको नेतृत्वलाई उक्त प्रक्रियामा हिस्सेदार र जिम्मेवार बनाउँदै  लैजाने उद्देश्यले कार्यक्रम गर्न लागिएको सेनाले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्