११ असार २०८३, बिहीबार

प्रधानमन्त्रीका वकिलको प्रश्न : संविधानले प्रतिनिधिसभा विघटन गर्न पाउँदैन भन्यो त ?

प्रधानमन्त्रीका वकिलको प्रश्न : संविधानले प्रतिनिधिसभा विघटन गर्न पाउँदैन भन्यो त ?
फाइल फोटो

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षका कानून व्यवसायी बालकृष्ण न्यौपानेले विघटन गर्ने नपाउने भनेर संविधानले कतै नभनेको तर्क गरेका छन् ।

बुधवार बहसमा सहभागी न्यौपानेले सोधे, ‘मन्त्रिपरिषद्मा २५ जनाभन्दा बढी मन्त्री हुन पाउँदैन भनेर संविधानले भन्यो तर विघटन गर्न पाउँदैन भन्यो त ?’

संविधानले प्रदेशलाई नभएको अधिकार स्वतः मन्त्रिपरिषद्लाई दिएको उनले बताए । ‘कि भन्दिनुपर्‍यो पीएमलाई विघटनमा रोक लगाइएको छ । होइन भने स्वतः अधिकार गयो,’ उनले भने, ‘संसदीय व्यवस्था हो भने पीएम चुनावमा जान पाउँदैनन् भन्ने संविधानमा लेखिदिनुपर्छ ।’

‘संविधानको धारा ८५ मा अगाडि नै विघटनको कुरा छ । पार्टी नफुटेको प्रधानमन्त्रीले विघटन गर्न नपाउने भन्ने त मिल्दै मिल्दैन,’ उनले भने, ‘संसद विघटनको अधिकार नदिने हो भने ब्रेक फेल भएको गाडी कहाँ पुग्छ ? यसलाई नियन्त्रण गर्ने कसले त ? पीएमको निर्णय गलत भए जनताले भोट नदिएर पराजित गर्न पाइहाल्छन् । ५ वर्षमा भोट हाल्ने अधिकार साढे ३ वर्षमै आयो । यो जनताको अधिकार हो । तर निवेदकहरू त्यो अधिकार समाप्त गर्नुपर्छ भन्नुहुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्