३२ असार २०८३, बिहीबार

‘संसद् विघटन खारेज गर’ को मास्क लगाएर महरा सडकमा

‘संसद् विघटन खारेज गर’ को मास्क लगाएर महरा सडकमा

प्रतिनिधि सभाका पूर्व सभामुख कृष्णबहादुर महरा सडक आन्दोलनमा देखिएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले बुधवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा पूर्व सभामुख महराले ललितपुरको जुलुसको नेतृत्व गरेका थिए । 

महराले ‘प्रतिगामी कदम मुर्दावाद, संसद विघटन खारेज गर !’ लेखिएको मास्क लगाएका थिए । 

संसद् सचिवालयमा कार्यरत महिलामाथि दुव्र्यवहारको आरोप लागेर सभामुखबाट राजीनामा गरेपछि महरा लामो समय निस्क्रिय थिए । 

ललितपुरको जुलुसको नेतृत्व स्थायी कमिटी सदस्य पम्फा भुसाल र रघुजी पन्त लगायतका नेताहरूले गरेका थिए ।

पुल्चोकबाट शुरू भएको जुलुसमा ललितपुरका स्थानीयको समेत उल्लेख्य सहभागिता थियो ।

स्थानीयले धिमे बाजा बजाउँदै जुलुसमा सहभागिता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्