१२ असार २०८३, शुक्रबार

भारत : प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै राहुल गान्धीले गरे कडा ट्वीट

माघ २८, २०७७
भारत : प्रधानमन्त्री मोदीलाई लक्षित गर्दै राहुल गान्धीले गरे कडा ट्वीट

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको विरोधमा आन्दोलनजीवीहरू पसेको भनी दिएको बयानमा जवाफ फर्काउँदै राहुल गान्धीले बुधवार कडा ट्वीट गरेका छन् । 

उनले संक्षिप्त ट्वीट गर्दै लेखे– ‘क्रोनी–जीवी छ जो, देश बेचिरहेछ ऊ ।’
 

— Rahul Gandhi (@RahulGandhi) February 10, 2021

क्रोनीजीवी भनेर राहुल गान्धीले आसेपासे पुँजीवादलाई इंगित गर्न खोजेका हुन् । मोदीले अम्बानी र अदानी जस्तो पूँजीपतिहरूलाई च्यापेको भन्दै राहुलले आलोचना गर्र्दै आएका छन् । 

यसअघि संसदमा बोल्ने क्रममा मोदीले किसानहरूलाई भड्काउन आन्दोलनजीवीहरू लागिपरेको बताएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्