०९ साउन २०८३, शनिबार

न्युजील्यान्डमा सांसदले टाइ लगाउन नमानेपछि निकालियो सदनबाट

माघ २८, २०७७
न्युजील्यान्डमा सांसदले टाइ लगाउन नमानेपछि निकालियो सदनबाट

न्युजील्यान्डमा एक सांसदले टाइ नलगाएपछि सजाय दिइएको छ । 

आदिवासी सांसद राविरी वेइटिटीले संसद् भवनभित्र टाइ लगाउन अस्वीकार गरेका छन् । त्यसपछि उनलाई बाहिर निकालिएको छ । 

उनले भने, ‘टाइ हाम्रा लागि गुलामीको प्रतीक हो र हामी यसलाई लगाउँदैनौं ।’

सभामुख ट्रेभर मलार्डले वेइटिटीलाई चेतावनी दिँदै सरकारसँग प्रश्न सोध्ने हो भने टाइ लगाउनुपर्छ भने । तर उनले यसलाई अस्वीकार गरे अनि सदनबाट बाहिर निकालिए । सभामुखको यस फैसलाको आलोचना गरिएको छ । 
 

वेइटिटी माओरी आदिवासी हुन् । उनले टाइको साटो आफ्नै जातिको लकेट लगाएका थिए । त्यसपछि सभामुखले उनलाई च्याम्बरमा बोलाएर टाइ लगाउनु जरूरी छ भनी सम्झाए । तर उनले गुलामीको प्रतीक नलगाउने भनी अस्वीकार गरिदिए । 

पोहोर साल न्युजील्यान्डमा टाइको विषय पहिलोपटक उठ्दा सभामुखले सबै सांसदलाई लिखित सुझाव दिन भनेका थिए । अधिकांश सांसदले टाइ लगाउने नियम सही भएको बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्