
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुनःस्थापना नभए १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
शान्तिपूर्ण आन्दोलन विद्रोहमा गए आँधीहुरी आउने उनको जिकिर छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा (प्रचण्ड–नेपाल समूह)ले बुधवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले सडकमा पोखिएको जनताको आवाज संवैधानिक निकायले पनि सुन्नुपर्ने बताए ।
‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ? आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन,’ प्रचण्डले भने, ‘हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो ? अब शान्तिपूर्ण विद्रोह ग्रीन रिभोलुसन हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।’