०४ असार २०८३, बिहीबार

नेपाल लाइफको सेयर टुक्रियो

माघ २९, २०७७
नेपाल लाइफको सेयर टुक्रियो

नेपाल  लाइफ  इन्स्योरेन्स  कम्पनीले विद्यमान  प्रतिसेयर  अङ्कित  मूल्य  १००  को  व्यवस्थालाई  परिवर्तन गरी प्रतिसेयर अङ्कित मूल्य ५० कायम हुने भएको छ । कम्पनीको बुधबार सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
 कम्पनीले साना लगानीकर्ताको समेत कम्पनीको सेयरमा सहज पहुँचका  बढाउन  प्रतिकित्ता  अङ्कित  मूल्यलाई  आधा  घटाएको जनाएको छ । सभाले कम्पनीको ५१ प्रतिशत लाभांश पारित गरेको छ । सभाले ३१ प्रतिशत बोनस  सेयर  र  करसहित  २०  प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । बोनस  सेयर  वितरणपछि  कम्पनीको चुक्ता  पुँजी  सात  अर्ब  १९  करोड  ९९  लाख ७०  हजार  रुपियाँभन्दा  बढी  पुगेको  छ ।  यो जीवन  बीमा  क्षेत्रमा  सबैभन्दा  बढी  पुँजी भएको कम्पनीको दाबी छ । यसैबीच  सञ्चालक  समितिको  मङ्गलबार  बसेको  बैठकले कम्पनीका  कार्यवाहक  प्रमुख  कार्यकारी  अधिकृत  सन्तोष  प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी सोको स्वीकृतिका लागि बीमा  समितिमा  पठाउने  निर्णय  गरेको  जारी  विज्ञप्तिमा  उल्लेख  छ । गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्