
शुक्रवार मुलुकभर थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा कुल ४ हजार पीसीआर परीक्षण गर्दा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा १ सय ३६ जना कोरोना भाइरसमुक्त भएका छन् । यससँगै मुलुकभर कोरोना भाइरसमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ ।
हालसम्म १ हजार ७ सय ७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा २ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै हालसम्म २ हजार ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।