०६ असार २०८३, शनिबार

मोटोपनका कारण मानिसहरूको यौनेच्छामा कमी आएको सर्वेक्षणको निष्कर्ष

मोटोपनका कारण मानिसहरूको यौनेच्छामा कमी आएको सर्वेक्षणको निष्कर्ष

भारतमा हालै एक हजार मानिसमाथि गरिएको एक सर्वेक्षणले मोटोपनका कारण मानिसहरूमा यौनेच्छाको कमी भएको खुलासा भएको छ । 

म्याक्स अस्पतालको मेटाबोलिक यान्ड ब्यारियाट्रिक सर्जरी डिपार्टमेन्टका अध्यक्ष डाक्टर प्रदीप चौबेले बताए, ‘मोटोपनको सर्जरीका लागि आउने मानिसले आफूमा मधुमेह, हाइपरटेन्सन र मुटुरोगको गुनासो गर्ने गरेका छन् । अनि मोटाएपछि आफूहरूलाई कामेच्छा कम भएको पनि उनीहरूले बताए । सर्जरी गरेपछि चाहिँ उनीहरूमा सेक्स ड्राइभ बढेको पाइयो ।’

१८ देखि ४५ वर्षसम्मका मानिसमाथि सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा ३२.८ प्रतिशत पुरुष र २३.४ प्रतिशत महिलाले मोटोपनका कारण यौनेच्छामा कमी आएको स्वीकार गरे । 

मोटोपनबाहेक सेक्सप्रति अनिच्छाका अन्य कारणमा पार्टनरमा समस्या, थकान, कामको दबाब, स्ट्रेस अनि बच्चा र परिवार पनि रहेका छन् ।

कमेन्ट गर्नुहोस्