२२ जेठ २०८३, शुक्रबार

रोनाल्डो ५०० मिलियन फलोवर्स हुने पहिलो खेलाडी

फागुन १, २०७७
रोनाल्डो ५०० मिलियन फलोवर्स हुने पहिलो खेलाडी

इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमा ५०० मिलियन फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डोको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरि ५०० मिलियन फलोवर्स पुगेको छ ।

यस अघि सामाजिक संजालमा कुनैपनि खेलाडीको ५०० मिलियन फलोवर्स पुगेको थिएन ।

रोनाल्डोको सर्वाधिक धेरै फलोवर्स इन्स्टाग्राममा रहेको छ । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेको छ ।

यस्तै फेसबुकमा १ सय ४८ मिलियन फलोवर्स रहेकोे छ भने ट्वीटरमा उनको फलोवर्स ९१ मिलियन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्