०९ असार २०८३, मंगलबार

भारतमा भूकम्पको ठूलो धक्का

फागुन १, २०७७
भारतमा भूकम्पको ठूलो धक्का

भारतको उत्तरी क्षेत्रमा भूकम्प गएको छ । शुक्रवार राति १० बजेर ३१ मिनेट जाँदा भूकम्प आएको बताइएको छ । 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, १०ः३१ बजे ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

यस्तै एएनआइले नै राष्ट्रिय भूकम्प मापन केन्द्रसँगको वार्तापछि ६.१ रेक्टर स्केल भूकम्प गएको बताएको छ । उसले राति १०ः३४ बजे ६ं१ रेक्टर स्केलको भूकम्प गएको बताएको छ । 

भूकम्पपछि दिल्ली–एनसीआरमा रहेका अधिकांश मानिस बाहिर निस्किएका थिए । 

सडकमा सवारी साधन चलाइरहेकाहरू पनि भूकम्पका समयमा रोकिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका थिए । 

भूकम्पले केकति क्षति पुर्‍यायोे भन्नेबारे आइसकेको छैन । मानवीय क्षति भने नभएको एजेन्सीले बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्