
सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित सार्वजनिक पदाधिकारीको सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधिअनुसार मापदण्ड विपरितका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ ।
कान्तिपुर दैनिक लेख्छ–पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ नागार्जुन बेस र २ वटा पिकअप भ्यान तथा पूर्ववप्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ खटिएका ५७ सुरक्षाकर्मी र एउटा अगुवा गाडी फर्काइएको छ ।
कसले फिर्ता गरे, कसले बाँकी छ, हेर्नुहोस्ः