×

NMB BANK
NIC ASIA

गोरखाकी ‘तरकारीवाली’ एकाएक  सामाजिक सञ्जालमा भाइरल भएर आइन् । रातारात उनको चर्चा भयो ।

Sagarmatha Cement
Muktinath Bank

उनी संसारमा कसैले नगरेको काम गरेर भाइरल भएकी त होइनन् तर सामान्य पहिरनमा तरकारी बेच्न जाँदा कसैले तस्वीर खिचिदियो, फेसबूकमा राखिदियो । एकाएक त्यो तस्वीर देश–विदेशसम्म पुग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थामिनसक्नु चर्चापछि उनले चलचित्र ‘लम्फु’ खेलिन् तर चलचित्र भाइरल भएन । एकाएक भाइरल भएकी उनी चलचित्रको असफलतासँगै गुमनाम भइन् ।


Advertisment
Nabil box
Kumari

नेपाल आइडलबाट नरेश पातली, झक्कड थापा पनि विना सुर र आवाज एकाएक चर्चामा आए । उनीहरूले आवाज दिएका भिडियोका क्लिप्स सामाजिक सञ्जालमा निकै भाइरल भए । दिनमै १०–१५ वटा मिडियामा अन्तर्वार्ता दिनुपर्ने बेला आएपछि अन्तर्वार्ता दिएबापत पैसा माग्न थाले ।

Vianet communication
Laxmi Bank

जहाँसुकै चर्चा भएपछि ‘सक्किगो नि’का निर्देशक तथा कलाकार कुमार कट्टेलले त्यसबेला ‘भद्रगोल’ खेलाए । भद्रगोलबाट उनीहरू झन् चम्किए तर पछि दुवै जना बिस्तारै सेलाए । अहिले उनीहरू कहाँ के गर्दैछन् पत्तो छैन ।

गायिका कमला घिमिरे, अशोक दर्जी, अर्जुन विक र अहिले फेरि गुल्मीका सचिन परियार भाइरल भइरहेका छन् । कतिसम्म भने यूट्युबका टप ४ ट्रेन्डिङमा सचिनका गतिविधि छन् । सचिनले केही हप्तामै आधा दर्जनजसो गीत ल्याइसकेका छन्् ।

‘भाइरल’ शब्द एकाएक चर्चामा आउनु हो तर नेपालमा भाइरल भइरहेका जति कलाकारहरू छन्, सबै एकछिन चर्चाको शिखरमा आउने र तुरुन्तै हराउने खालको देखिएको छ । नेपालका भाइरल कलाकार पनि केही समय चर्चामा आउने र तुरुन्तै हराउने खालका देखिएका छन् ।

भाइरल ट्रेन्ड देख्दा पुराना कलाकारलाई कस्तो लाग्दो हो ? नेपालका चर्चित गायक शिव परियार भन्छन्, ‘टेक इट इजीली ।’

गीतसंगीतमा ‘भाइरल’ हुने प्रवृत्ति पहिला पनि थियो, अहिले पनि छ उनको सजिलो तर्क छ । उनले भने, ‘प्रविधिको विकासक्रमसँगै अहिले यूट्युबबाट भाइरल भइरहेका छन् । यो विषयमा खासै दुःखी हुनुपर्दैन ।’

शिवले ‘भाइरल’ भएर आउनेहरूलाई नकारात्मक तरिकाले हेर्न नहुने तर जोगाउन सक्नुपर्ने तर्क गरे । ‘भाइरलहरू आत्मरतिमा रमाएका छन् । आफूलाई जोगाउन कुनै मतलब छैन । सोही कारण धेरै वर्ष टिकेका छैनन्,’ उनी थप्छन्, ‘अहिले ‘भाइरल’ भएकाहरूले संघर्ष गरेर राम्रो काम गर्न आवश्यक छ । परिश्रम र साधना गर्नुपर्छ । यो विना लामो समय टिक्न मुस्किल पर्छ ।’

... ...

कुनै बेला गीत–संगीतमा शिवका आवाजहरू सुनिँदै थिए, त्यसबेला उनले आफ्नो आवाज सबैलाई चिनाउन धेरै समय लाग्यो । स्थानीय रेडियो, टेलिभिजनमा कहिलेकाहीँ गीत बजे पनि उनलाई स्टेज चढ्न निकै गाह्रो पर्थ्यो । बिस्तारै–बिस्तारै उनी चर्चाको शिखरमा पुगे ।

नेपालको नम्बर वान गायकको पगरी ओढ्दासम्म शिवले असाध्यै ठूलो मेहनत गरेका छन् । उनी रातारात हिट भएका गायक होइनन्, उनी हिट हुन १० औं वर्ष लाग्यो । ‘हाम्रो पालामा प्रविधिको विकास खासै थिएन । मिडियाको साथ पाइएन भने फेसबूक छ अहिले, त्यसबेला के थियो ?’ उनी भन्छन्, ‘अहिले चम्किन धेरै गाह्रो छैन तर टिक्न गाह्रो छ । पहिलेका कलाकार चम्किन गाह्रो थियो, चम्किएपछि टिक्न गाह्रो थिएन ।’

... ...

आजभोलिका टे«न्डिङ लिस्ट हेर्ने हो भने सबै भाइरल कन्टेन्ट मात्रै छन् । यसमा कहिलेकाहीँ राम्रा गीत र कन्टेन्ट पनि छिर्छन् तर केही दिन टिक्न हम्मेहम्मे पर्छ । निःसन्देह, शिवलाई पनि टे«न्डिङमा बसिरहन अहिले मुस्किल छ ।

शिवले महसूस गरेका छन् ? छन् । तर चिन्ता छैन । यूट्युब ट्रेन्डिङका लागि कहिल्यै गीतसंगीत उद्योगमा काम नगरेको प्रतिक्रिया उनले दिए ।

‘मेरा हरेकजसो गीत ट्रेन्डिङमा आएका छन्,’ उनले थपे, ‘तर ट्रेन्डिङका लागि भनेर मैले कुनै पनि गीत बजारमा ल्याएको छैन । मैले ल्याउने गीतहरू दर्शक श्रोता केन्द्रित छन् । अझ भनौं मलाई मन पराइराखेका शुभचिन्तकका लागि केन्द्रित छन् ।’

‘लामो समयदेखि यो उद्योगमा सक्रिय छु, त्यसैले पनि मैले दर्शक–श्रोताका लागि मेरै जस्तै गीत ल्याउनुपर्छ,’ शिवले भने, ‘मैले बाटो बिराएर गलत प्रयोग गर्न सक्दिनँ ।’

अहिले जस्ता पायो त्यस्तै भिडियो ट्रेन्डिङमा आइरहेका छन् भन्ने धेरैको बुझाइ छ । नयाँ–नयाँ कलाकारका गीत–संगीत र प्रस्तुतीले बजार पिटेको भन्ने गरिन्छ । नयाँ कलाकारका प्रस्तुतीले पुराना कलाकारलाई छायाँमा पारेको भनिएको छ तर यस विषयमा शिवको बुझाइ अलिकति फरक छ । 

‘नेपाली दर्शक तथा श्रोता नै त्यस्तै हुनुहुन्छ । प्रविधिको विकाससँगै यूट्युब सबैको पहुँचमा पुग्यो,’ उनले भने, ‘सधैं हाम्रा गीत–संगीत मात्रै चल्नुपर्छ भन्ने छैन । कहिल्यै देखेका र नसुनेका कुरा आँखामा पर्दा नयाँ टेस्ट लिएको पनि हुनसक्छ । यो सामान्य कुरा हो । पछिल्लो समय हेर्नुहुन्छ भने फरक किसिमका कन्टेन्ट ट्रेन्डिङमा आएको जस्तो लागेको छ । ट्रेन्डिङमा आएको जस्तो लागेको छ ।’

शिवलाई आजभोलि ट्रेन्डिङमा आउनुको अर्थ व्यक्ति चलेको भन्ने लाग्छ । आजभोलिको चर्चितको मापन पनि टे«न्डिङबाट हुने गरेको छ ।

‘कलाकार चलेको/नचलेको भन्ने आधार पहिला रेडियो, टीभी, पत्रपत्रिका हुन्थे । अहिले यूट्युब र टिकटकका भ्युजलाई आधार मानिएको छ,’ उनी थप्छन्, ‘वास्तवमा अहिले संगीतको एउटा युग सकिएर अर्को युग शुरू भएको महसूस भएको छ ।’ नयाँ–नयाँ प्रतिभा भएका कलाकार बजारमा आउनु राम्रो भएको बताउँदै उनले सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताए ।

पछिल्लो समय पुराना र स्थापित गायक गायिकालाई समेत पछि पारेर नयाँ कलाकारले गीत–संगीत उद्योग कब्जा गरिरहेका छन् । तर जस्ता पायो त्यस्ता गीत र कन्टेन्टको मापन गर्न सक्ने कुनै आधार नभएको उनको तर्क छ ।

‘मैले हामीले गाएका सबै राम्रा, अरु नयाँ प्रतिभाका प्रस्तुती नराम्रो भन्ने गरेको छैन,’ उनी थप्छन्, ‘कुनै प्रस्तुती हेरेर दर्शक श्रोताको मन खुशी हुन्छ, उनीहरूलाई रमाइलो लाग्छ भने त्यसलाई स्वीकार पनि गर्न सक्नुपर्छ ।’

वर्षौंदेखि चलिरहेका कलाकार जीवनको अन्तिमसम्म चल्नुपर्छ भन्नेतर्फ सोच्न नहुने उनले बताए । ‘व्यावसायिकताले मानिस छानिन्छन् । कसलाई के मन पर्छ, त्यसैगरी छानिने हो । हामीभन्दा अघि अरु थिए, अहिले हामी, त्यसपछि अरु । यो चलिरहन्छ । सधैं एउटा चल्ने र अरु आउन नहुने भन्ने छैन । हामी चलिरहन्छौं, नयाँ कलाकार पनि आउने क्रम बढिरहन्छ,’ उनले भने ।

अहिले संगीत उद्योगमा अस्मिता अधिकारी, रचना रिमाल, समीक्षा अधिकारी, प्रविन वेडवाल, एलिना चौहानजस्ता नयाँ र छोटो समयमै ‘हिट’ भएका कलाकारको जगजगी छ । पुराना अधिकांश कलाकारका अघि उनीहरूका गीत धेरै आइरहेका छन्, धेरै हिट छन् । टिकटक र यूट्युबमा पनि उनीहरूकै जगजगी छ ।

पुराना कलाकार समय अनुसार परिवर्तन हुन नसकेका पो हुन् कि ? शिव भन्छन्, ‘अहिले नयाँ कलाकारहरू चल्नुभएको छ । यो स्वीकार गर्नुपर्छ । विगतमा हाम्रा अग्रजले हामी र हाम्रा प्रतिभालाई स्वीकार गरेकाले, हामीलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गरेकाले हामी यहाँसम्म आएका हौं । अहिलेका नयाँ पुस्तालाई हामीले सहयोग गर्नुपर्छ । हाम्रो माया र प्रोत्साहनले उनीहरूको यात्रा सहज बन्छ । पुराना कलाकारले नयाँलाई सहयोग गर्ने संस्कारको विकास गर्न सकियो भने संगीत उद्योग धरापमा पर्दैन, राम्रो हुँदै जान्छ । तर पुराना कलाकार नचलेका होइनन्, उनीहरूको महत्त्व अर्कै खालको छ ।’

... ...

पुराना कलाकार समय अनुसार परिवर्तन हुन नसकेको कतिपयको आरोप पनि लाग्ने गरेको छ । तर शिव यसलाई पूर्ण गलत ठान्छन् । ‘अलिकति नजर तिम्रो, धेरै चोटी मरें म त, पागल बनायौ प्रिय, फेवातालमा साइँली लगायतका दर्जनौं गीत मैले गाउँदै आएका गीतभन्दा अलिकति फरक छन्,’ उनी भन्छन्, ‘केही थोरै चेन्ज र परिवर्तन गर्ने प्रयास त सधै हुन्छ तर पूर्ण रूपमा आफ्नो बाटो चेन्ज गर्न मैले सक्दिनँ ।’

‘मैले नेपाली संगीतमा गीत पस्कँदा केही नयाँ प्रयोग थियो । अहिले प्रयोग मात्रै महत्त्वपूर्ण कुरा होइन । मलाई नेपाली श्रोताले जुन रूपमा सुन्न चाहनुभएको छ, जुन तरिकाले मन पराउनुभएको थियो त्यसअनुसार दिइरहेको छु । हाम्रो सांगीतिक करिअरको मध्य समयमा आएको देखेकाले व्यावसायिक स्ट्याटस मेन्टेन गर्नुपर्ने भएकाले सिग्नेचर टोनलाई अघि बढाउनुपर्छ भन्ने कुरा हो,’ उनले भने ।

अहिलेको समयमा कलाकार भएर आउनेले व्यावसायिक धार पक्रिएर मात्रै नहुने तर त्यसलाई पनि छोड्न नमिल्ने शिवले बताए । ‘अहिले कलाकारलाई मेरो सुझाव छ – सफल हुनुु छ भने नयाँ किसिमको कलाकारिता र व्यावसायिक धारलाई पनि पक्रिएर हिँड्नुपर्छ । प्रविधिको विकासक्रमसँगै झन् गाह्रो हुँदै गएको अवस्था छ,’ उनले भने ।

... ...

धेरै नै मेहनतका साथ नयाँ प्रयोग मिसावट गरेर निर्माण हुने एक ड्रीम प्रोजेक्टको तयारीमा छन् शिव । तर त्यसका लागि भने समय लाग्ने उनले बताए । ‘मेरो त्यो प्रोजेक्टमा आवश्यक खर्च धेरै छ । तर रिटर्न हुने माध्यम खासै छैन । यूट्युबको आम्दानीले मात्रै हुँदैन,’ उनले भने । रिस्क समय कटेपछि मात्रै प्रोजेक्ट ल्याउने उनको तयारी छ ।

संगीत उद्योगले बाटो बिराएको हो ? भाइरलहरू आउँछन्, एकछिन राज गर्छन् । अर्को भाइरल आउँछ, पहिलाको भाइरल हराउँछ । जस्ता पनि कलाकार भनिएर रेकर्डिङ स्टुडियो पसेका छन्, फेरि हराउँछन् । खासमा भाइरल भनेको हो ? किन भाइरल कलाकार टिक्दैनन् ? यस्तो वाक्कलाग्दो स्थिति देखेर दिक्क लाग्छ ? उनी भन्छन्, ‘विगतका दिनमा सदावहार म्युजिक नेपाली कलाकारले पस्किएका थिए, अहिले गुणात्मक र उल्लेख्य देखिएको छैन । संगीत उद्योगले बाटो बिराएको हो भन्न त मिल्दैन । तर संगीत उद्योगको मान र मर्यादा र यसको इज्जतको ख्याल भने गर्नुपर्छ ।’

‘सम्पूर्ण श्रोता–दर्शकको चाहना अनुसार विभिन्न खुराक छन् । उहाँहरूले मन लागेको कुरा हेर्दा भाइरल भएको भनिने हो,’ उनी भन्छन्, ‘तर उनीहरू पछि हराउने प्रक्रिया छ । भाइरलले सानो परिचय त दिन्छ तर लामो यात्राका लागि कलाकारिता र त्यसमा राम्रो प्रतिभा चाहिन्छ । त्यसैले भाइरल हुँदासम्म आउने र माथि आएपछि लेभललाई मेन्टेन गर्न नसकेर भाइरल  कलाकार हराएको हुन सक्छ । आफूले पाएको प्रसिद्धिलाई प्रतिभाको माध्यमबाट टिकाउन नसकेको कारण पनि हो ।’

... ...

कोभिड–१९ का कारण संगीत उद्योग थला पर्‍यो, बिस्तारै तंग्रिँदैछ उद्योग । अब बिस्तारै पहिलेकै स्थितिमा आउने उनको अनुमान छ । उनी भन्छन्, ‘कलाकारको मुख्य आम्दानीको स्रोत स्टेज कार्यक्रम ठप्प जस्तै छ । यो पुरानै समयमा नफर्कियो भने त कलाकारहरूलाई निकै गाह्रो पर्नेवाला छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x