२२ जेठ २०८३, शुक्रबार

एनएमबि बैंकको क्यूआर कोडबाट विर्तामोड कृषि बजारमा कारोबार

एनएमबि बैंकको क्यूआर कोडबाट विर्तामोड कृषि बजारमा कारोबार

एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यूआर कोड मार्फत नगदरहित भुक्तानीको शुरूवात गरेको छ । 

विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्वमा एक कार्यक्रम आयोजना गरी बैंकले क्यूआर कोडको शुरूवात गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि विर्तामोड न.पा. बडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, विशिष्ट अतिथि एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्