
पछिल्लो २४ घन्टामा नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ५७ जना नयाँ संक्रमित देखिएका हुन् ।
यससँगै हालसम्म मुलुकभर संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ रहेको छ ।
यस दिन १ सय ३३ जना संक्रमित भाइरसमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेको छ ।
शनिवारसम्म मुलुकभर १ हजार ६ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार, शनिवार मृतकको संख्या शून्य रहेको छ । हालसम्म कोरोनाभाइरसबाट मुलुकभर ज्यान गुमाउनेको संख्या २ हजार ५४ रहेको छ ।