०४ असार २०८३, बिहीबार

इतिहासको कर्मको कारण बाबुरामजी र म चुम्बकले तानेजस्तो नजिक छौं : प्रचण्ड

इतिहासको कर्मको कारण बाबुरामजी र म चुम्बकले तानेजस्तो नजिक छौं : प्रचण्ड

 पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग राजनीतिक मुद्दा र एजेण्डा मिल्ने बताएका छन् । 

शनिवार पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरूको कथा’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं। तर, मुद्दा र एजेण्डाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं।’

उनले इतिहासको कर्मको कारणले दुबै जना अलग हुन खोजे पनि चुम्बकले तानेजस्तो नजिक ल्याएको बताए।

‘हामीलाई इतिहासले अलग हुन दिँदैन। ती हजारौं शहीदले हामीलाई अलग हुन दिँदैनन्,’ उनले भने।

salt training

कमेन्ट गर्नुहोस्