२२ जेठ २०८३, शुक्रबार

नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा पक्राउ

नगद तथा सुनको सिक्री लुटपाट गरेको अभियोगमा पक्राउ

बाँकेमा नशाजन्य पदार्थ खुवाई बेहोस बनाई पीडितको नगद ३ लाख २० हजार रुपैयाँ र २ तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा कोहलपुर नगरपालिका-२ बस्ने कालीकोट रास्कोट नगरपालिका-१ लहरेला घर भएका ३५ वर्षीय प्रकाश शाहीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

कैलाली चुरे गाउँपालिका-५ खानीडाँडास्थित होटलमा नास्ता खान आएका शाही समेतले माघ २६ गते साँझ होटल संचालक महिलालाई उक्त पदार्थ खुवाई सुनको सिक्री तथा नगद लुटी फरार भएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरीले कोहलपुर नगरपालिका-३ किरणनालामा शाहीलाई फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्