१२ असार २०८३, शुक्रबार

जनयुद्धको इतिहास लेख्न जरुरी छः डा भट्टराई

जनयुद्धको इतिहास लेख्न जरुरी छः डा भट्टराई

पूर्वप्रधानमन्त्री डा भट्टराईले मुलुकको राजनीतिक परिवर्तनको मूल कडीका रुपमा रहेको ‘जनयुद्ध’बारे राजनीतिक दलसहित समाजका सबै तह र तप्काबीच समान बुझाइ हुन जरुरी रहेको बताएका छन् । 
आफ्नो पुस्तक गुमनाम आमाहरूको कथा विमोचन कार्यक्रममा उनले भने, “जनयुद्धको इतिहास लेख्न जरुरी छ, द्वन्द्वका समयमा कतिपय बेला आन्दोलन सञ्चालनमा ढङ्ग नपुगेको तथा पार्टीका निर्देशन पालना नहुँदा केही कमजोरी भए होलान, तर अहिले परिवर्तनको मूल जग जनयुद्ध अलपत्र परेको छ, इतिहासलाई नकार्ने र रक्षा गर्न नसक्ने हो भने इतिहास बिर्सनेले वर्तमान र भविष्यमा बनाउन सक्दैन ।”

पत्रकार राजु क्षेत्री र विश्वदीप पाण्डेको सम्पादनमा प्रकाशित उक्त पुस्तक डा भट्टराईका अनुभूति असम्पादित गैर आख्यानकारूपमा छ । 
पुस्तक नेकपा अध्यक्ष प्रचण्ड, काँग्रेस नेता रामचन्द्र पौडेललगायतले विमोचन गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्