२७ जेठ २०८३, बुधबार

श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार

फागुन १, २०७७
श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार
फाइल तस्बिर

डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले श्री एयरको हेलिकप्टरलाई सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरेको छ । उक्त कम्पनीको हेलिकप्टरले निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारीलाई जाँच नगराई र निकुञ्ज कार्यालयमा नियमानुसार राजश्व नबुझाएरै उपल्लो डोल्पामा पर्ने धोमा हेलिकप्टर उडान अवतरण गरेको भन्दै सात दिनभित्र जवाफ पेश गर्न पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

धो क्षेत्रमा के कति प्रयोजनका लागि कसको अनुमति लिई हेलिकप्टर उडाइएको हो, सुरक्षार्थ खटिएका निकुञ्जका सेना र कर्मचारीद्वारा जाँच नगराई, नियमानुसार राजश्व नबुझाइ उडान अवतरण गर्नुका कारण केहो भनेर पत्रमा खुलाइएको छ । उक्त पत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र इश्वरी बक्स गुल्म सुलिगाडलाई बोधार्थ दिँदै इमेलमार्फत श्री एयरलाइन्सको कार्यालयमा पत्राचार गरिएको निकुञ्जले जनाएको छ ।

सात दिनभित्र स्पष्ट जवाफ पेश नगरे कानूनअनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइनेसमेत उल्लेख गरिएको छ । श्री एयरको हेलिकप्टरको धो मा सडक खन्ने प्रयोजनका लागि २९ माघमा त्रिपुरासुन्दरी नगपालिकाको चुँ गाडबाट डोजर बोकेर उपल्लो डोल्पा पु¥याएको थियो । ठेकेदारले निकुञ्जले दिएको सहमतिका आधारमा हेलिकप्टर उडाएको दाबी गरे पनि निकुञ्जले कुनै सहमति नदिएको स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्