०९ असार २०८३, मंगलबार

प्रगतिउन्मुख राष्ट्रिय गौरवका आयोजना

फागुन २, २०७७
प्रगतिउन्मुख राष्ट्रिय गौरवका आयोजना

कोरोना महामारीका कारण केही समय प्रभावित राष्ट्रिय गौरवका आयोजनाको निर्माणले गति लिएको छ । कोरोना महामारीको नियन्त्रण गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दी गरिएपछि राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन पनि प्रभावित भएको थियो ।

जनशक्ति परिचालन प्रभावकारी हुन नसक्दा र खासगरी मेसिन उपकरण आयात रोकिएको थियो । “काम नै त कुनै पनि आयोजनाको रोकिएन तर गति कम भयो । खासगरी विदेशबाट सामान आउन नसक्दा अपेक्षित गतिमा काम अगाडि बढेन । अहिले सामान आउन थाल्यो, पूर्ववत् रूपमा काम हुन थाल्यो,” राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले भने ।

कोरोनाकै कारण चालू आर्थिक वर्षको छ महिनामा राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरिएका रकममध्ये करिब १५ प्रतिशत मात्रै खर्च भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय गौरवका आयोजनाका लागि कुल ९२ अर्ब छ करोड २३ लाख रुपियाँ विनियोजन गरिएकोमा पुस मसान्तसम्ममा विनियोजित रकमको १५.१९ प्रतिशत अर्थात् १३ अर्ब ९८ करोड ८५ लाख रुपियाँ खर्च भएको हो ।

डा. फुयालले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति पहिलो चौमासिकमा कम देखिए पनि दोस्रो र तेस्रो चौमासिकमा काम धेरै हुने बताए । अहिले दोस्रो चौमासिक चलिरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये केही आयोजना पूरा हुने चरणमा छन् भने केही आयोजना सञ्चालन विधि तय नहुँदा सुरुवात हुन सकेका छैनन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्