
दाङको राजपुर गाउँपालिका–७ स्थित सिक्टा माध्यमिक विद्यालय सिक्टाका शिक्षकले एक विद्यार्थीलाई कक्षा कोठाभित्र प्लास्टिकको पाइपले कुटेका छन् ।
शिक्षक हेम राज विकले परीक्षामा कम नम्ब र ल्याएको भन्दै विद्यार्थी माथि कुटपिट गरेको भिडियोसमेत सार्वजनिक भएको छ । शिक्षकको कुटाइपछि आफू बिरामी परेको विद्यार्थी शर्मिला कुमालले बताइन् । कक्षा १० को गणित विषयको परीक्षामा नम्बर कम ल्याएको भन्दै शिक्षक विकले विद्यार्थीमाथि कुटपिट गरेका हुन् । गोरखापत्रमा खबर छ ।