२५ जेठ २०८३, सोमबार

इन्चार्ज र अनमी अन्यत्र जाँदा स्वास्थ्यचौकी १ महिनादेखि स्वास्थ्यकर्मीविहीन

फागुन २, २०७७
इन्चार्ज र अनमी अन्यत्र जाँदा स्वास्थ्यचौकी १ महिनादेखि स्वास्थ्यकर्मीविहीन

हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–२  रिपस्थित रिप स्वास्थ्य चौकी १ महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ ।

७ कर्मचारीको दरबन्दी रहेको स्वास्थ्य चौकीमा ३ कर्मचारी भए पनि सबै आ–आफ्ना कामले जिल्लाबाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको छ । 

१–१ इन्चार्ज, अनमी र कार्यालय सहयोगी भए पनि सबै आफ्नो निजी काममा जिल्ला बाहिर गएकाले पन्छिन खोजेको स्थानीय भीषण कार्कीले बताए । १ महिनादेखि बन्द स्वास्थ्य चौकीमा कार्यालय सहयोगी समेत नहुँदा बन्दको बन्दैछ ।

गाउँमा सामान्य बिरामी हुँदा सिटामोल दिने स्वास्थ्यकर्मी समेत नभेटिने गरेको स्थानीयले गुनासो गरेका छन् । सेवा लिन स्वास्थ्य चौकी पुगेका बिरामीले ३ महिनादेखि रित्तो हात लिएर घर फिर्ता हुनुपरेको बताइएको छ ।

रिपबासी बिरामी हुँदा सामान्य उपचारका लागि कोही साढे ३ घण्टाको पैदल हिँडेर सर्केगाड स्वास्थ्य चौकीमा पुग्ने गरेका छन् भने कोही जिल्ला अस्पताल सिमकोट पुग्ने गरेको स्थानीयको गुनासो छ । 

रिपबासी मात्रै नभएर वडा नम्बर ३ उनापानीका सेवाग्राहीले समेत रिप स्वास्थ्य चौकीबाट सेवा लिने भएको हुँदा गाउँपालिकाका २ वटा वडाका नागरिकलाई थप समस्या बनाएको छ ।

स्वास्थ्य चौकी इन्चार्ज आफ्नो घर बनाउन सुर्खेत गएको र १ अनमी आफ्नै काममा व्यस्त रहेको स्थानीयले आरोप लगाएका छन् । स्वास्थ्य चौकी इन्चार्ज चन्द्रसिंह कार्कीले भने, ‘म काम विशेषले तराई झरेको हुँ, अबको १–२ हप्तामा कार्य क्षेत्रमा फिर्ता हुन्छु ।’

आफू तराई झरेको २ हप्तापछि स्वास्थ्य चौकीमा कार्यरत अनमीको २ महिनाको तालिम भएकाले उनी पनि तराई झर्दा कार्यालय बन्द रहेको इन्चार्ज कार्कीले स्वीकार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्