०७ असार २०८३, आइतबार

जापानमा ठूलो भूकम्प, आणविक भट्टी सुरक्षित

फागुन २, २०७७
जापानमा ठूलो भूकम्प, आणविक भट्टी सुरक्षित

जापानको पूर्वी भागमा शनिवार ७.३ म्याग्निच्युडको भूकम्प आएपछि त्यहाँ रहेको एक आणविक भट्टीबाट रसायन चुहिएको आशंका गरिएको छ । 

भूकम्पको केन्द्रविन्दु फुकुशिमा प्रिफेक्चर हो र पृथ्वीको सतहभन्दा ६० किलोमिटर मुनिबाट शुरू भएको हो । भूकम्पपछि विशाल क्षेत्रमा विद्युत् आपूर्ति ठप्प भएको जापानको मौसम विभागले जनाएको छ । 

भूकम्प स्थानीय समयअनुसार शनिवार राति ११ बजेर ८ मिनेट जाँदा गएको थियो । त्यसले राजधानी टोक्योमा घर तथा कार्यालय भवनहरू हल्लाएको थियो । 

भूकम्पपछि अनेकौं परकम्पहरू आएका थिए । 

भूकम्पले ठूलो क्षति नगरेको र सुनामीको चेतावनी नदिइएको बताइएको छ । 
 

फुकुशिमा दाइनी आणविक भट्टीमा आणविक इन्धन चुहिएको आशंका गरिएको भए पनि पावर प्लान्टले त्यस खबरलाई खारेज गरेको छ । 

उपयोग भइसकेको आणविक इन्धन भण्डारण गर्नका लागि बनाइएको पानी नजिकैको खाल्डोमा चुहिएको भए पनि त्यसले आणविक इन्धनलाई असर नपारेको आणविक नियामक संस्थाले जनाएको छ ।

विकिरणको डोज निम्न स्तरको भएकाले कामदारहरू त्यसको चपेटामा नपरेको पनि जानकारी दिइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्